0
Loading...
बाँके, माघ ११ । नेपालगन्जमा एक व्यक्तिका साथबाटसाढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको तीन लाख ६५ हजार भएको झोला सोमबार लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् ।

मोटरसाइकल चलाउने बेला एक्कासी घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताउनुभयो ।

वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको दुई लाख ६५ हजार र आफूसंँग झोलामा भएको एक लाख लुटिएको जिकिर गर्नुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो । – रासस
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top