0
Loading...
काठमाण्डौं, माघ ११ । प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नोटबन्दीको असर भारतमा चौतर्फी रुपमा परेको छ । धेरै कम्पनीहरु संकटग्रस्त अवस्थामा छन् । यस्तोमा शिल्पा सेट्टी के अछुतो रहन सक्थिन् ?

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री शिल्पा र उनका पतिको कम्पनी ठूलो नोक्सान व्यहोर्दै बन्द भएको छ । प्रसंग हो होम सपिङ च्यानल बेस्ट डिल टिभीको । शिल्पाका पति राज कुन्द्रा यस कम्पनीको सिइओ थिए ।

उनले अहिले कम्पनीबाट राजीनामा दिइसकेका छन् । द इकोनोमिक टाइम्सका अनुसार राज कुन्द्राले गत १५ डिसेम्बरमा इमेलमार्फत आफ्नो राजीनामा पठाएका थिए । राजीनामामा उनले लेखेका छन्, ‘म आधिकारिक रुपमा बेस्ट डिल टिभीको सिइओबाट राजीनामा दिँदैछु । नोटबन्दी एउटा बोल्ड र आवश्यक कदम थियो, तर दुर्भाग्यवस हाम्रो लागि नोक्सानीको कारण बनिदियो ।’

कम्पनी बन्द हुनुमा नोटबन्दीलाई कारण देखाइएको भए पनि यो पहिल्यैदेखि संकटस्त अवस्थामा रहेको आपूर्तिकर्ताहरुले बताएका छन् । कम्पनीले डिसेम्बरमा सञ्चालन बन्द गर्ने निर्णय लिएको थियो । बेस्ट डिल टिभीका सिओओ हरि त्रिवेदीको भनाईमा क्यासको समस्याले गर्दा ‘क्यास अन डेलिभरी’ वाला सम्झौतामा धेरै नोक्सानी भएको छ ।

यही झट्काका कारण कम्पनीले आफ्नो आन्तरिक खर्च पनि धान्न नसक्ने अवस्था आएको थियो । यद्यपि थुप्रै आपूर्तिकर्ताहरुको भनाईमा कम्पनी गत वर्षको जनवरीदेखि नै घाटामा थियो । -अनलाइनखबर
Loading...

Post a Comment

 
Top