0
Loading...
स्विडेनमा आइतबार बलात्कारको आशंकामा तीनजना पक्राउ परेका छन् ।

बीबीसीका अनुसार एक महिलालाई कथित बलात्कारको भिडियो फेसबुकमा प्रत्यक्ष देखाइएको थियो ।

आइतबार बिहान स्विडेनमा उप्पासलाका पुलिसलाई एक महिलाले सम्पर्क गरेर आफूले फेसबुकमा एक सिमित समूहमा सामूहिक बलात्कारको ‘लाइभ भिडियो’ देखेको जानकारी दिइन् ।

ती महिलाले भिडियोको अन्त्यमा एक व्यक्तिले ‘तिम्रो बलात्कार भएको छ’ भन्दै निकै मज्जाले हाँसेको बताएकी छिन् ।

पुलिसले उक्त भिडियो अन्य व्यक्तिले पनि हेरे नहेरेको बारे पुलिसले खोज खबर गरेको छ ।

उक्त फेसबुक पेजमा हज्जारौं सदस्य भएको बताइएको छ ।

धटनामा संलग्न भएको आशंकामा पुलिसले १९ देखि २५ वर्ष भित्रका तीन पुरुष र एक महिलालाई एक अपार्टमेन्टबाट पक्राउ गरेको जानकारी दिएको छ ।

भिडियो देखेपछि पुलिसलाई सम्पर्क गर्ने युवती २१ वर्षीया जोसेफिन लुन्डग्रेन हुन् ।

उनले स्विडेनको एक पत्रिकालाई दिएको जानकारी अनुसार महिलालाई बलात्कार गर्ने एक युवसँग बन्दुकसमेत थियो ।

फेसबुकमा सामूहिक बलात्कार भइरहेको उक्त भिडियोलाई ६० हजारले लाइभ हेरिरहेको र थुप्रैले निकै अश्लिल कमेन्ट गरेको उनले दाबी गरिन् ।

फेसबुकले लाइभ स्ट्रिमिङको सुरुवात सन् २०१५ मा गरेको थियो ।

घटनास्थलको रिपोर्टिङका लागि मिडियाले यसको नियमित प्रयोग गर्ने गरेका छन् ।

साथै, फेसबुक प्रयोगकर्ता पनि धेरैजसो मानिसहरुसम्म आफ्नो अनुभव पुर्याउने उद्देश्यसहित फेसबुक लाइभको प्रयोग गर्ने गर्दछन् ।

family planning
Golden Oakसम्बन्धित समाचार
पत्रकार महासङ्घ काठमाडौँमा सदस्यता विवाद : कार्यालय तोडफोडको प्रयास पत्रकार महासङ्घ काठमाडौँमा सदस्यता विवाद : कार्यालय तोडफोडको प्रयास
काठमाडौँ – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा नयाँ सदस्यता विवाद देखिएको छ । महासङ्घ केन्द्रले आह्वान..

विप्लव माओवादीको राष्ट्रिय महाधिवेशनको लागि थवाङमा एकहजार क्षमताको हल निर्माण विप्लव माओवादीको राष्ट्रिय महाधिवेशनको लागि थवाङमा एकहजार क्षमताको हल निर्माण
रोल्पा – नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपा माओवादीले आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न ल..

१० दिनदेखि श्रीमती वेपत्ता,  श्रीमानलाई तनाव १० दिनदेखि श्रीमती वेपत्ता, श्रीमानलाई तनाव
तेह्रथुम –तेह्रथुमको ह्वाकू ३ घर भएकी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । गत माघ २ गते पाँचथर ..

२०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने सरकारको लक्ष्य २०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने सरकारको लक्ष्य
काठमाडौँ – खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न ला..

पत्रपत्रिका वर्गीकरणविरुद्ध सर्वोच्च अदालत जाने तयारी पत्रपत्रिका वर्गीकरणविरुद्ध सर्वोच्च अदालत जाने तयारी
काठमाडौ– पत्रपत्रिकाको भेदभावपूर्ण वर्गीकरणविरुद्ध साना पत्रिका संचालकहरु सर्वोच्च अदालत जाने भएका छन् । वर्गि..

स्थानीय चुनावमा जनसमाजवादी सहभागी हुने स्थानीय चुनावमा जनसमाजवादी सहभागी हुने
काठमाडौँ – जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरी स्थानीय चुनावमा सहभागी हुने घोषणा ..

हात्तीको आक्रमणबाट थप एक बालिकाको मृत्यु हात्तीको आक्रमणबाट थप एक बालिकाको मृत्यु
झापा – जङ्गली हात्तीको आक्रमणमा परीे एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ श..

केरुङबाट ल्याएको १० तोला सुन सहित एक पक्राउ केरुङबाट ल्याएको १० तोला सुन सहित एक पक्राउ
काठमाडौं– रसुवाको टिमुरे–१ रसुवागढी चेकपोष्ट बाट सिन्धुपाल्चोक सिम्पालका चक्त बहादुर धमाल १० तोला ५ लाल सुन सह..
Loading...

Post a Comment

 
Top