0
Loading...
माघ-प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन्।
मंगलवार विहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। उनले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने पनि अाश्वासन दिएका छन्।
प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन्। जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसवारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top