0
Loading...
रूकुम, १० माघ । रूकुममा एउटा यस्तो परम्परागत संस्कृति छ जुन बेला किशोरी–किशोरी विवाह गर्ने चलन छ । तर, पक्कापक्की होइन, औपचारिकताका लागि देखावटी विवाह हुने गर्छ । यस्तो संस्कृति रूकुमको सिम्ली– मगरराङ्जामा प्रचलनमा रहेको हो ।

दुई किशोरीलाई दुलाहा–दुलहीका रूपमा सिँगारेर विवाह सम्पन्न गरेपछि मेला पनि सकिने परम्परा छ । किशोरी–किशोरीलाई पुरुष र महिला बनाएर गरिने विवाह मेलाको आकर्षणका रूपमा देखिएको छ ।

मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा परम्परागत संस्कार–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्सेनि पापिनी मेला लाग्दै आएको छ ।

यस ठाउँमा फरक संस्कृति भए पनि यसको उचित प्रचार गर्न नसकिएको मेला आयोजक समितिका अध्यक्ष मनवीर घर्तीले बताए । यसको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लास्थित सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

छिमेकी गरायला, अर्मा र छिवाङ गाविसका बासिन्दा मेला भर्न जाने गरेका छन् । रूकुमकै साँखमा पनि यस्तै प्रकृतिको मेला लाग्ने गरेको छ । सदरमुकाम खलंगानजिकै पर्ने भएका कारण साँखको मेला भर्नेहरू बढी आउने गरेको देखिएको आजको कारोबार दैनिकमा खबर छ ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top