0
Loading...
काठमाण्डौं, माघ ११ । यतिबेला किंग खान शाहरुख फिल्म ‘रईस’को प्रमोशनमा दौडिरहेका छन् । यसैका लागि उनी मुम्बाईबाट दिल्लीतर्फ लागे । जब, शाहरुखको ट्रेन बडोदरा स्टेशनको प्लेटर्फम नम्बर -६ मा रोकियो, केवल १० मिनेट । यसैवीच त्यहाँ दुखद घटना घट्यो ।

सोमबार राती शाहरुख उक्त स्टेशनमा रोकिएका थिए । त्यहाँ उनलाई हेर्ने प्रशंसकको ठूलो भिड जम्मा भयो । त्यो अनियन्त्रित भिडमा च्यापिएर एक जनाले ज्यान नै गुमाए । दुई प्रहरी सहित चार जना बेहोस भए ।

घटना यसरी भएको थियो

६ मिनेटका लागि रेलवे स्टेशनमा रोकिएका शाहरुखको एक झलक हेर्न प्रशांसकको ओइरो लाग्यो । उनीहरुले ट्रेनको शिसा ढकढक्याउन थाले । त्यसपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज गर्नुपर्‍यो ।

त्यहाँबाट रेल अघि बढ्नै लाग्दा भिडमा भागदौड मच्चियो । यहि भागदौडमा एकजना प्रशंसकले ज्यान गुमाए । शाहरुख सोमबार साँझ ५ बजे फिल्म युनिटका साथ मुम्बाईबाट निस्किएका थिए । उनी क्रान्ति ट्रेनमा यात्रा गर्दै थिए । -अनलाइनखबर
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top