0
Loading...
गौशाला, ७ माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति रु पाँच लाखभन्दा बढी चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसादउपाध्यायका अनुसार जलेश्वर नगरपालिका–१ स्थित सो मन्दिरमा रहेको दान पेटिका फोरिएको थियो ।

स्थानीय बासिन्दाले रु पाँच लाख बढी भने पनि प्रहरीले दानपात्र सानो भएकाले त्यसमा त्यति रकम हुन नसक्ने जनाएको छ । चोरको खोजतलास भइरहेको जनाइएको छ 
Loading...

Post a Comment

 
Top