0
Loading...
असार महिनाको तातो अपराह्न थियो । भगवान् बुद्ध आफ्ना शिष्यहरूका साथ कतै गइरहनुभएको थियो । उहाँ हिँड्नुभएको बाटोमा कुनै पनि रुख थिएनन् । चारैतिर बालुवा नै बालुवा थियो ।

बालुवामा हिँड्दा तथागतको पाइला बन्दै गएको थियो । यी पाइलाका निशान सुन्दर थिए । त्यतिखेरै बुद्धका शिष्यहरूले एक रुख देखे । सबैजना रुखमुनि पुगेर आराम गर्न थाले ।
त्यतिखेरै त्यहाँ एकजना ज्योतिषी आइपुगे । उनी त्यही बाटो हिँडेर घर जाँदै थिए । उनले बालुवामा बुद्धको पाइला देखे । पाइला हेरेर उनी छक्क परिरहेका थिए ।
ती ज्योतिषीले जिन्दगीमा यस्तो पदचिह्न देखेका थिएनन् । चक्रवर्ती सम्राट्को यो पदचिह्न पछ्याउँदै जाँदा उनले एक संन्यासी अर्थात् बुद्धलाई पो भेटे ।
बुद्धको मुहारमा दिव्य चमक थियो । ज्योतिषीले बुद्धलाई हात जोडेर निवेदन गरे, ‘हजुरको पाइतालामा भएको पद्म अति दुर्लभ हो । हजारौं वर्षमा कुनै एक भाग्यशालीमा यस्तो चिह्न देखापर्छ । ज्योतिषविद्याका अनुसार हजुर त चक्रवर्ती सम्राट् हुनुपर्ने हो । तर …?
यो सुनेर भगवान् बुद्ध हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंको ज्योतिषविद्या सही हो । तर अब म सबै बन्धनबाट मुक्त भइसकेको छु ।’
तपाईंले सम्पूर्ण बन्धनबाट छुटकारा पाएपछि कुनै ज्योतिषविद्याले काम गर्दैन
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top