Loading...
गत शुक्रवार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।मृतकको लास पोष्टमार्टम गरेपछि वैदिक परम्पराअनुसार दाहसस्कार गर्ने समयमा पुजेका पुरेतलाई खवर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा अझंै शोक माथि शोक थपिएको मृतक लोकनाथका वावु हरिप्रसाद भट्टराई बताउनुभयो । उहाँले भन्नुभयो–‘ पुजेको पुरेतले नभ्याउने भन्दै आफ्ना छोराको काज किरिया नगरेको र अन्य पुरोहितलाई भन्दा आफूले पुजेका पुरोहितलाई भन्नु भन्दै पन्छिन्छन् मेरो छोराको किरिया रोकियो ।’
पुरोहितले भट्टराईको घरमा गएर लोकनाथको काज किरिया नगरिदिएपछि यस घटनालाई यहाँका नागरिक समाजले चासोको रुपमा हेर्न थालेको बताइन्छ । हिन्दु धार्मिक परम्पराअनुसार वर्षौदेखि पुज्दै आएको पुरोहितले शुद्धिशान्तिको काम नगरिदिनुलाई अन्तरजातिय सम्वन्ध नै उनीहरुको आत्महत्याको प्रमुख कारण भएको भनिएको छ । तर, मृतकद्वयले आत्महत्याको कुनै कारण खुलाएका छैनन् । उनीहरुले एउटै डोरीमा अंगालोमा वाधिएर झण्डिएर आत्महत्या गरेका थिए ।
गत असारमा पुरोहित गौतमले अत्महत्या गरेका भट्टराईको हजुरवाको निधन हुँदा काजक्रिया गराइदिनु, गत पुसमा मासे श्राद्ध गराइदिनु तर अहिले नमान्नुलाई सामाजिक विभेद नै हुनसक्ने बताइन्छ । यस घटनाले हिन्दुहिन्दु वीचमा नै व्राह्मणले विभेद गरेको र हिन्दुधर्मवीचमै जातीय विभेदको घेरा बनाइन खोज्नुले समाजमा धर्म परिवर्तनको अवस्था आउनसक्ने समेत आशंका गर्न थालिएको छ ।
Loading...
Post a Comment