0
Loading...


काठमाडौँ- छोरा भेटेर अमेरिकाबाट नेपाल उडेकी एक नेपाली आमाको विमानमै मृत्यु भएको छ ।

अमेरिकाको वासिङ्गटन डिसीको डलस विमानस्थलबाट कतार एयरवेज जहाजको उडान सङ्ख्या क्यू आर ०७०८ बाट कतारको दोहा हुँदै नेपाल फर्कन लागेको अवस्थामा ७९ वर्षिया देवन्ती विश्वकर्माको विमानमै मृत्यु भएको बताइएको छ ।

बिमानमै देवन्तीलाई अप्ठयारो भएपछि प्राथमिक उपचार गरेर दोहामा अवतरणपछि उनको आपतकालीन उद्धार गरिएको थियो। १४ घण्टा लामो उडान पछि दोहा उत्रिए लगतै बहोस भएपछि उनको होस खुलेको थिएन् ।

लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । छोरा र नातिनातिना भेट्न केही महिना अघि अमेरिका पुगेकी देवन्तीको अमेरिका हुँदा स्वास्थ्यमा कुनै समस्या नभएको बताइएको छ ।
Loading...

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top